बलात्कारको क्षतिपुर्ति ५०० नगद र ३५ किलो चामल

भदौ १, काठमाडौँ – भारतको छत्तिसगढमा सांकरा भन्ने जातीकी एक बलात्कार पिडित महिलालाई क्षतिपुर्तिबापत ७ हजार जरिवाना गराएको छ ।

छत्तिसगढको राजनांदगांव जिल्लाको एक गाउँमा भएको एक बलात्कारको घटनाको जरिवाना सोही गाउँ पंचायतले ५ सय रुपया नगद र ३५ किलो चामल तोकेको हो ।

पंञ्चायतले गरेको सो फैसला पछि पिडित महिलाले प्रहरीमा उजुरी गरेर अभियुक्तहरुलाई गिरफ्तार गराएकी छिन् । छत्तिसगढ प्रहरीका अनुसार  ५ महिना अगाडी २६ बर्षीय युवकले एक जन्मजात बोल्न नसक्ने २४ बर्षीय युवतिलाई बलात्कार गरेको थियो ।

ती युवतिको ३ महिना पहिले एक अर्कै युवकसंग विवाह गरिएको र युवति पहिल्यैदेखि गर्भवति भएको भन्दै उनका पतिले अस्विकार गरेपछि मात्रै उनका परिवारले थाहा पाएका थिए । अभियुक्तहरुको अनुसन्धान गरी उचित क्षतिपुर्ति दिलाउने प्रहरीले जनाएको छ ।