७ वर्षीया बालिकको बलात्कारपछि हत्या

साउन ३१, काभ्रे –  काभ्रेको उग्रतारा ८ मा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । शुक्रबार दिउँसो घरबाटै हराएकी बालिकाको शव धनेश्वर मन्दिर र आइटीपार्क छेउको खोडोमा इटा र ढुंगाले छोपिएको अवस्थामा भेटएको छ ।

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।बालिका हराएपछि सुरुमा बाघले लगेको हल्ला चलेको थियो । तर, स्थानीयले शनिबार विहान शव इटा र ढुंगाले छोपिएको अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
बालिकाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।घटनामा संलग्न रहेको आशंकामा दुई जना पक्राउ परेका छन् । १५ वर्षका रोशन बोगटी र युवराज लामा पक्राउ परेका हुन् । घटनामा चार जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।