उपत्यकामा दिनमै दश करोडको पानी व्यापार

साउन ३१, काठमाडौँ  – असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा १० करोड लिटरभन्दा बढी पानीको व्यापार भइराखेको छ । चैत, वैशाख र जेठ महिनाको तुलना भने यो अन्त्यत न्यून रहेको यसको कारोबारमा संलग्न व्यवसायीहरूको भनाइ छ । उनीहरूले भने, ती तीन महिनामा दैनिक रूपमा २५ करोड लिटरसम्म पानी व्यापार भयो ।

हाल उपत्यकाभित्र दैनिक रूपमा ८०० ट्यांकर पानी खरिद बिक्रीमा संलग्न छन् । यस्ता ट्यांकरको क्षमता पाँच हजार लिटरदेखि १५ हजार लिटरसम्मका रहेका छन् । यसका अतिरिक्त २० लिटरका जार र एक लिटरका बोतलका पानी पनि बिक्री वितरण भइराखेको छ । एक लिटर बोतलका पानी दैनिक रूपमा उपत्यकाभित्र कति खपत हुन्छ भन्ने एकिन जानकारी कुनै निकायसित छै्रन । उपत्यका खानेपानी ट्यांकर तथा बोरिङ व्यवसाय संघका अनुसार उपत्यकाभित्र पानीको कारोबार गर्न नौ अर्ब रुपैयाँभन्दा माथिको लगानी छ ।

उपत्यकाभित्रका मुख्यतः चोभार, बालाजु, जोरपाटी, मातातीर्थ गोदावरी, मच्छेगाउँ पानीको मुख्य स्रोत भएका क्षेत्र हुन् । यस्ता क्षेत्रबाट मुहान, बोरिङ तथा स्योलोट्युबवेलमार्फत उपत्यकाभित्र पानी बिक्री वितरण हुने गर्दछ । यस व्यवसायमा सांसददेखि ठूला घरानाका व्यापारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको संघले जनाएको छ ।

अहिले ती पानीका स्रोतबाट एकसय मिटर डिप बोरिङ तथा ४०–५० फिटसम्मका स्यालो ट्युवमा भूमिगत पानी तानी बिक्री वितरण भइराखेको छ । काठमाडाँै उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जारी गरेको निर्देशिका विपरीत अनधिकृत रूपमा केही व्यवसायीले बोरिङ तथा स्यालोट्युबवेलबाट पानी निकालिरहेको संघले जनाएको छ ।

संघले बोर्डबाट केबल १९ वटा व्यवसायीले मात्र इजाजत लिएको जनाएको छ । तर उपत्यकाभित्र ३०० भन्दा बढी बोरिङ तथा स्योलोट्युबवेल बिनाअनुमति सञ्चालनमा रहेको बताइन्छ । संघको आयोजित चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा संघका अध्यक्ष हरिकृष्ण कँडेलले भने, बिनाअनुमति सञ्चालनमा रहेको बोरिङ तथा स्योलोट्युबवेलको कारोबारलाई रोक्न चुनौती छ ।