मूल एजेन्डामै नपसी एमाले बैठक सकियो

साउन ३१,  काठमाडौँ  – एमालेको केन्द्रीय कमिटी बैठक मुल एजेण्डामा नपसी सकिएको  छ ।  पोलिटब्यूरो र स्थायी कमिटी गठन तथा नेताहरुको बरियता निर्धारणको एजेण्डामा बसेको बैठकमा जति छलफल गरे पनि विवाद नमिलेपछि पछि गर्ने गरी बैठक समापन गरिएको एमाले सचिव योगेश भट्राइले बताए । बैठकले विधानका सम्बन्धमा पार्टी पदाधिकारी तथा बरिष्ठ नेताहरुसँग परामर्श गरी यथाशीघ्र सहमति कायम गरी विधान प्रकाशित गर्ने निर्णय गरेको छ । पोलिटब्यूरो र स्थायी समिति चुनाव हुन नसकेपछि नेताहरुको कार्यविभाजन पनि रोकिएको छ ।