चरीको पोष्टमार्टम रिपोर्ट भन्छ घटना शंकास्पद

साउन ३१,  काठमाडौँ  – गुण्डा नाइके दिनेश अधिकारी भनिने चरीको काठमाडौंको भीमढुगामा प्रहरीसँगको मुठभेडमा मारिएको १० दिनपछि पोष्टमार्टम भएको छ ।  राजधानीको टिचिड अस्पतालमा मोष्ट मार्टम भएपनि परिवारले उनको हत्या भएको भन्दै दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने बताएका  छन् ।

पोष्टमार्टम नगर्दा कतिपय प्रमाण नष्ट हुने भन्दै विशेषज्ञ डाक्टर र एमाले नेताहरुले गरेको आग्रहपछि पोष्टमार्टमका लागि तयार भएको चरीको परिवारले जनाएको  छ । ‘रिपोर्टले घटना थप शंकास्पद बनेको छ । पोष्टमार्टम रिपोर्टका प्रारम्भिक जानकारी अनुसार चरीको शरीरमा सात गोली लागेको पाइएको छ ।

परिवारका अनुसार  ६ गोली पछाडिबाट अगाडि निस्किएको र एक गोली मेरुदण्डले छेकेर राखेको रिपोर्टमा देखाइएको छ ।  गोलीले चरीको मुटु, फोक्सो कलेजो सबै छेडेको रिपोर्टमा उल्लेख छ । चरीको शव पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै राखिएको छ । उनको साउन २१ गते काठमाडौंको भीमढुंगामा भएको ‘इनकाउन्टर’मा मृत्यु भएको प्रहरीले जनाएको छ ।