सार्क सम्मेलनको तयारी तिब्र

साउन ३१, काठमाडौँ  – मंसिर १० र ११ गते काठमाडौंमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अठारौं शिखर सम्मेलनको तयारी तिब्र पारिएको छ ।

सार्क सम्मेलनको तयारीका निम्ति विभिन्न समिति एवम् उपसमिति गठन भएको र तिनले प्राप्त अधिकारअनुसार आवश्यक काम तदारुकताका साथ गरिरहेको परराष्ट्रमन्त्रलायले जनाएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा राष्ट्रिय तयारी मूल समितिका साथै मन्त्रालयगत रुपमा गठन भएका अन्य समितिले पनि तीब्र गति काम गरिरहेका छन् ।