इबोला त्रास ओलाम्पिक खेलाडी सम्म

साउन ३१, काठमाडौँ –  इबोला प्रभावित पश्चिम अफ्रिकी देशका खेलाडीहरुलाई चिनमा हुने युथ ओलम्पिकमा रोक लागाइएको छ ।  अन्तराष्ट्रिय ओलम्पिक कमिटी आइओसी र आयोजक चिनले नानजिङ युथ ओलम्पिकमा अफ्रिकी देशका ३ जना खेलाडिलाई भाग लिन नदिने निर्णय गरेको हो ।

नानजिङ युथ ओलम्पिक आजबाट शुरु हुदैछ ।  इबोला प्रभावित सियरा लियोनले यसअघि नै ओलाम्पिकमा भाग नलिने जनाइ सकेको छ । गिनी, लाइबेरिया नाइजेरिय र सियारालियोनमा इबोलाले महामारीको रुप लिएको छ ।