हराइरहेको मलेसियन विमानको नयाँ तथ्य सार्वजनिक, यात्रुको खाताबाट पैसा चोरी

साउन ३१, काठमाडौँ –  गत ८ मार्चमा रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमानसँग सम्बन्धित एक नयाँ कुरा बाहिर आएको छ । हराइरहेको विमानमा सवार रहेका चार यात्रीको बैंक अकाउण्टबाट ३२,४४,८३४ रुपिया गायब भएको छ ।

क्वालालम्पुरको एक बैंकमा रहेको हराइरहेका यात्रुको अकाउण्टमा १८ जुलाईमा गड्बढी आएको थाहा भएको छ । क्राइम इन्भेष्टिगेशन डिपार्टमेन्टका असिस्टेन्ट कमिस्नरले दिएको जानकारी अनुसार, पाँच महिना भन्दा बढी समयदेखि हराइरहेको विमानका यात्रुको खाताबाट निकालिएको बताइन्छ ।

आश्चर्यको कुरा चाहि के छ भने यस्तो समाचार सर्च टीमले हिन्द महासागरको ६० हजार वर्ग किलोमीटर गहिराईमा खोज गरिरहदा बाहिर आएको छ ।

रिपोर्टका अनुसार हराइरहेका ३ जान यात्रुको खाताबाट अर्का यात्रुको खातामा पैसा पठाई अकाउण्ट नै बन्द गरिएको जनाइएको छ । अहिले सुरक्षा अधिकारीहरु भने उक्त कुराको खोजीमा रहेको बताइएको छ ।

न्यू स्ट्रेट टाइम्सका अनुसार यसरी एउटा खाताबाट अर्को खातामा पैसा पठाउनको लागि छुट्टाछुट्टै एटीएम को प्रयोग गरिएको बताइन्छ ।