एमाओवादी सहित सात दलको बैठक बस्दै

साउन ३१, काठमाडौँ – एकीकृत नेकपा माओवादी नेतृत्वको गठन भएको पहिचानसहितको संघियता पक्षधर दलहरुको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा संविधानसभाभित्र संविधानका मुद्दामा गर्नसक्ने सहकार्यका विषयमा छलफल हुनेछ ।

मोर्चाको गठन भएपछि पहिलो पटक बस्न लागेको बैठकमा मोर्चाको नेतृत्व, मोर्चाले संविधानसभा भित्र र बाहिर गर्ने कार्यक्रम र गतविधिका विषयमा छलफल हुनेछ ।

संघियतापक्षधर भनिएका एकीकृत माओवादी र मधेसवादी दलहरुले संविधानसभामा काङ्ग्रेस एमालेमालाई दवाव दिनभित्रै मोर्चा गठन गरेका थिए । बैठक दिउँसो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बस्नेछ ।