बर्षाले देशभरीको जनजीवन प्रभावित, मृत्यु हुनेको संख्या बढ्दो

साउन ३१, काठमाडौ – केही दिन यताको भारी बर्षाका कारण मुलुकभर ठुलो मात्रामा धनजनको क्षती भएको छ ।  बाढी पहिरोका कारण देशभर ठूलो संख्यामा जनधनको क्षति भएको छ । देशका विभिन्न जिल्लामा गरि करिब ५० भन्दा बढीको मृत्यु भएको छ ।

मध्यपश्चिममा सबैभन्दो ठूलो क्षति भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरो र ढुबानमा परी ५३ जनाको मृत्यु भएको छ । ७५ जना बेपत्ता भएको गृहमन्त्तालयले जनाएको छ ।

आज विहानैदेखि देशभरीका विभिन्न जिल्लामा उद्धार कार्य फेरि सुरु भएको छ । दाङ, बाँके, कैलाली र सर्खेतमा राती पनि उद्धार कार्य जारी रहेको थियो । लगातारको बर्षाका कारण तराईका अधिकांसभाग जलमग्न भएपछि जनजीवन कष्ठकर बनेको छ ।

पर्वदेखि पश्चिम तराईका अधिकांस गाउँहरु डुवानमा परेका छन् । बाँकेमा मात्रै ३ हजार घर डुवानमा परेका छन् भने कैलालमिा ७ सय घर डुवेको प्रहरीले जनाएको छ ।