भारतले आफ्नो ६८ औँ स्वतन्त्रता दिवस मनाउदैं / भारत स्वतन्त्रतासंग जोडिएका दश बिषेश कुरा

साउन ३०, काठमाडौं– भारतले आज आफ्नो ६८ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । हरेक बर्ष अगष्ट १५ तारिखका दिन भारतले आफ्नो स्वतन्त्रता दिवश मनाउदैं आएको छ । भारत १५ अगष्ट १९४७ मा स्वतन्त्र भएको थियो । भारतको स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई  छुट्टा छुट्टै शुभकामना सन्देश पठाएका छन । सन्देशमा राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका छन । यस्तै प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षी मोदीलाई शुभकामना सन्देश पठाउँदै भारत सरकार र त्यहाँका जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन । यसैबीच, भारतिय राजदुतावासले पनि भारत स्वतन्त्रता दिवशको उपलक्ष्यमा काठमाण्डुमा विभिन्न कार्यक्र गरि मनाउदैंछ । भारतलाई स्वाधिन राष्ट्र बनाउन त्यसबेला महात्मा गांधीले आन्दोलनको नेतृत्व गरेका थिए ।
भारत स्वतन्त्रसंग जोडिएका दश बिषेश कुराहरु :–
१– भारत पहिलो पटक स्वतन्त्र हुने दिन दिल्लीमा करौडौं भारतियहरुले उत्शव मनाई रहेका बेला महात्मा गांधी भने दिल्लीबाट हजारौं किलोमिटर टाढा रहेको बंगालको नोआखलीमा थिए । जहाँ उनि हिन्दु र मुसलमानको बिचमा भैरहेको साम्प्रदायिकं हिंसालाई रोक्न भनि अनसनमा बसेका थिए ।
२– जब भारत १५ अगष्टमा स्वतन्त्र हुने पक्का भएपछि नेता जवारलाल नेहरु र सरदार बल्लभ भाई पटेलले गाँधीलाई पत्र पठाएका थिए । त्यसपत्रमा यस्तो लेखिएको थियो ः १५ अगष्टमा हाम्रो भारत स्वतन्त्रताको हाम्रो पहिलो स्वाधिनता दिवश हुनेछ,तँपाई राष्ट्रपिता भएकाले यो महत्वपुर्ण घडींमा सामेल भई सबै भारतिय जनतालाई आर्शिवाद हिनुहोस ।
३– गाँधीले यस पत्रको जवाफ यस्तो पठाएका थिए ः जब कलकत्तामा हिंन्दु र मुसलमान एकअर्कालाई मारिरहेका छन, यस्तो अवस्थामा म उत्शव मनाउन कसरी आउन सक्छु ? यो साम्प्रदायिक दंगा रोक्न म आफ्नो ज्यान दिई दिनेछुं ।
४– त्यसबेला जवारलाल नेहरुले ऐतिहासिक भाषण गरेका थिए, १४ अगष्ट मध्यरातिको वायसराय लाँज ( हालको राष्«टपति भवन ) बाट । त्यसबेला उनि प्रधानमन्त्रि भैसकेका थिएन्न । त्यो भाषणलाई भारतिय जनता सबैले सुनेका थिए । तर,गांधी त्यो दिन राति नौं बजे नैं सुतनका लागि यईसकेका थिए ।
५– १५ अगष्ट,१९४७ मा लाँर्ड माउंटबेटनले आफ्नो र्कायस्थलमा काम गरेका थिए । दिउँसोतिर नेहरुले आफ्नो मन्त्रिमंडलको सुचि दिए र त्यसपछि इंडिया गेटमा प्राप्त प्रिसेंज गार्डेनमा एक सभालाई सम्बोधन गरे ।
६– प्रत्येक स्वतन्त्रता दिवशको दिनमा भारतिय प्रधानमन्त्रिले लालकिलामा गएर भारतिय झण्डा फरफराउछन । तर १५ अगष्ट, १९४७ मा  यस्तो भएको थिएन । लोकसभा सचिवालयको एक शोधपत्रका अनुसार नेहरुले १६ अगष्ट, १९४७ मा लालकिलामा झण्डा फरफराएका थिउ ।
७–  भारतका तत्कालिन वायसराय लाँर्ड माउंटबेटनका प्रेस सचिव कैंपबेल जाँनसनका अनुसार मित्र राष्ट्रका सेनाका अगाडी जापान सम्र्पणको दोस्रो बर्षगाँठ १५ अगष्टका दिन थियो । त्यही दिन भारतलाई स्वतन्त्र पार्ने निर्णय भएको थियो ।
८–   १५ अगष्टसम्म भारत र पाकिस्तानका बिचमा सिमा रेखा निर्धारण भएको थिउन्न । त्यसको निर्णय १७ अगष्टमा रेडक्लिफ लाइनबाट घोषणा भएको हो ।
९– भारत १५ अगष्टमा स्वतन्त्र त भयो तर त्यसबेला कुनै राष्ट्र गान नै बनाईएको थिएन । रवींद्रनाथ टैगोर जन(गण(मन १९११ मा नैं लेखिसकेका थिए । तर यो राष्ट्र गान १९५० मा मात्रै बन्न सक्यो ।
१०– १५ अगष्टमा भारत लगाएत अन्य तिन देशको स्वतन्त्रता दिवश पदर्छ । दक्षिण कोरिया जापानबाट १५ अगष्ट,१९४५ मा स्वतन्त्र भयो भने ब्रिटेनबाट बहरिन १५ अगष्ट,१९७१ र फ्रासंबाट कँगो १५ अगष्ट,१९६०मा स्वतन्त्र भएका थिए ।