सिन्धुपाल्चोकमा थप १०० परिवारले गाउँ छाडे

साउन ३०, सिन्धुपाल्चोक – गाँउमा बस्न जोखिम भएको भन्दै सिन्धुपाल्चोकका एक सय बढी घरपरिवारले आज बिहानै गाँउ छोडेका छन । बिहीबारदेखि निरन्तरको बर्षाका कारण पहिरो जान सुरु भएपछि स्थानीय प्रशासनले गाँउलेहरुलाई गाँउ छाड्न आग्रह गरेपछि उनिहरु घर छोडेर सुरक्षित स्थानमा गएका छन । सिन्धुपाल्चोक राम्चेको जुरे पहिरो आसपासका दुई गाबिसका थप एक सय घरपरिवारले गाँउ छाडेका हुन । बर्षाका कारण दुई गाबिसका थप एक सय घरपरिवार बिस्थापीत भैसकेका स्थानिय प्रशाासनले जनाएको छ । दुइ साता अघि सोही ठाँउमा पहाडै खसेर गएको पहिरोमा परि १५६ जनाले ज्यान गुमाएका थिए भने पहिरोबाट बिस्थापीत सयौ परिवारका हजारौं मानिसको अहले बिचल्ली छ । उनीहरु स्थानीय बिद्यालयका खाली भवन, सहकारी भवन र म्याग्नेसाइड उद्योगको परिसरमा आश्रय लिएर बसिरहेका प्रशाासनको भनाई छ । राम्चे गाविस इटिनी गाउँका १८, सोही गाबिस कल्लेरीका १८ र धुस्कुन गाबिसका थप ५१ घरपरिवार बिस्थापीत भएका हुन् । यसरी बिस्थापीत भएकाहरु अहिले उच्च भेगतीर गएर त्रिपाल टाँगेर बसिरहेका छन् । थप पहिरो जान सुरु भएका कारण उच्च जोखिममा रहेका तीन गाउँका झण्डै एकसय घरपरिवारका स्थानीयवासीलाई अन्यत्रै सारिएको सिन्धुपाल्चोक जिल्ला दैबी प्रकोप उद्धार समितिले जनाएको छ । पहिरोले थुनिएको जुरे तालमा पानीको मात्रा लगातारको बर्षाले बढीरहेको छ । सेनाले ताल फोडर पानी कटाउन दर्जनौ पटक बम बिस्फोट गराको भएपनि सफल हुन नसक्दा स्थानियमा थप त्रास बढेको छ ।