बरिष्ठ गायक सरोजगोपालको निधन

साउन ३०, पोखरा  – बरिष्ठ गायक तथा सङ्गीतकार सरोजगोपाल बज्राचार्यको निधन भएको  छ । उनको ६३ बर्षको उमेरमा  पोखराको बगर स्थित आफ्नै घरमा हिजो निधन भएको पसरवारले जनाएको  छ । उनि लामो समयदेखि मधुमेह र उच्चरक्तचापको विरामी थिए्र । बेलुकी खाना खाएर सुतेका बज्राचार्य  बिहान अबेर सम्म नउठे पछि उठाउन जाँदा मृत भेटिएका हुन्  ।

उनको देउराली उकाली चढेर,नक्कलीलाई भगाई लग्यो झिल्केले, करोडौं मुटुहरुको ढुकढुकी नेपाल लगाएतका गीतहरुले निकै नै चर्चा पाएको थियो्र ।  संचारकर्मीका रुपमा समेत लामो समय काम गरेका बज्राचार्यको पोखरामा शव परिक्रमा सहित दहसंस्कार गरिएको छ्र उनको श्रदान्जलीको लागी पोखराका संगीतकर्मी, कलाकार,साहित्यकार लगाएतका विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो्र ।