एमाले केन्द्रीय कमिटिको बैठक बस्दै

साउन ३०, काठमाडौं –  नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दै छ । बैठक दिउसो १ बजेपछि केन्द्रीय कार्यालय बल्खुमा बस्ने छ ।  आजको बैठकमा पनि सदस्यहरुले राजनीति, सांगठनिक र विधान संबन्धी प्रतिबेदनमा धारणा राख्ने क्रम जारी रहने छ । यसअघि हिजोको बैठकमा २८ जना सदस्यले धारणा राखेको आज बाँकी सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने सचिब योगेश भट्राइले बताए ।  हिजोको बैठकमा बोल्ने सदस्यहरु दुई धारमा बिभाजन भएपछि एमालेमा नवौं महाधिबेसनले पारित गरेका प्रतिबेदनहरु पनि बिबादमा परेका छन् । अध्यक्ष केपी ओली पक्षका नेताहरुले पोलिटव्युरो सदस्यमा निर्वाचित हुन सबै केन्द्रीय सदस्यलाई खुल्ला राख्नुपर्ने बताएका छन् भने बरिष्ठ नेता माधबकुमार नेपाल पक्षका नेताहरु भने महाधिबेसनले पारित गरेको व्यबस्था नै कायम गर्नुपर्ने पक्षमा छन् ।  एमालेको नवौं महाधिबेसनले एक कार्यकाल केन्द्रीय सदस्य भएका मात्रै पोलिटव्युरोमा चुनाब लड्न पाउने व्यबस्था पारित गरेको थियो ।