७५ जिल्लामा पार्टीको अलग संरचना : भट्टराई

साउन ३०, काठमाडौं – एकिकृत माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले ७५ वटै जिल्लामा आफ्नो पार्टीको अलग संरचना रहेको बताएका छन् ।

बैचारिक बहस व्यवस्थापन समितिको केही दिनअघिको बैठकमा संस्थापन पक्षले देशभर सञ्चालन गरेको एकतर्फी प्रशिक्षण रोक्ने र बाबुराम पक्षले समानान्तर कमिटि रोक्नेबारे भएको सहमतिलाई ‘सामान्य कुराकानी मात्र भएको’ भन्दै उनले दुबै समितिको गतिविधि जारी रहेको दाबी गरेका छन् ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

‘हो अहिले ७५ वटै जिल्लामा हाम्रो घोषित–अघोषित रुपमा हाम्रो अलगअलग संयन्त्र बनेर कार्य सञ्चालन गरेका छन्,’उनले भने,‘उहाँहरुलाई एकलौटी रुपमा प्रशिक्षण कार्यक्रम नगर्ने,हामीले समानान्तर कमिटि गठन नगर्ने भन्नेबारे सामान्य कुराकानी मात्र भएको हो,तर त्यस्तो कुनै सम्झौता भएको छैन।’

समानान्तर कमिटिले पार्टी टुक्राउने नभई पार्टीलाई रुपान्तरण गरी पुननिर्माण गर्ने तर्क उनले गरे ।भट्टराइले भने अव हाम्रो पार्टीलाई नयाँ ढंगले पुननिमार्ण गरेर नयाँ शक्तिको रुपमा विकास गर्नुपर्छ । भन्ने विषयमा बहस चलेको छ ।