झरीका कारण आन्तरिक उडान रद्ध

साउन ३०, काठमाडौं – खराव मौसमका कारण बिहीबार काठमाडौं पोखरा तथा नेपालगंजबाट हुने विभिन्न क्षेत्रका  आन्त्रिक उडान प्रभावित भएका छन् । निजी क्षेत्रका बायुसेवा कम्पनी बुद्ध एयर, यती एयर, सिम्रिक र तारा एयरका गरी ६२ उडान रद्ध भएको सम्बन्धित कम्पनीले जानकारी दिएका छन् ।

दिनभरजसो कुहिरो लागेर पानी परेका कारण काउन्टेन लुक्ला र पोखराका सबै उडान रद्ध भएका हुन् । काठमाडौंबाट लुक्ला जाने तारा एयरका सबै १९ उडान रद्ध भए । यतीको माउन्टेन फ्लाइट ५, पोखराका ४, भरतपुर र रुम्जाटारका एक एक उडान रद्ध भए ।

ताराले पोखराबाट जोमसोम जाने ३ वटा, नेपालगंजबाट पश्चिमक्षेत्रका विमानस्थलमा जाने १० उडान रद्ध गरेको थियो । काठमाडौंबाट बाहिरिहने बुद्ध एयरका माउन्टेन ३, पोखरा ५ र भरतपुरका २ उडान रद्ध भए र यसैगरी सिम्रिकको माउन्टेन ३, पोखरा ३ र पोखराबाट जोमसोम जाने ३ उडान रद्ध भएको बायुसेवा निगमले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।