इबोला भाइरस भित्रिन नदिन नाकामा स्वास्थ्य परीक्षण सुरु

साउन २९ ,काठमाडौँ – खतरानाक भाइरस इबोला भित्रिन नदिन सरकारले आजदे खि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सातवटा सीमा नाकामा स्वास्थ्य परीक्षण टोली खटाएको छ । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, सचिव तीर्थ बुर्लाकोटी, मुख्य सचिव लीलामणि पौडेल, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य मन्त्रालयका सचिवसहितको उच्च अधिकृतको बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य टोली राख्ने निर्णय गरे बमोजिम आजबाट टोलीले ति नाकाहरुमा स्वास्थ्य परिक्षण सुरु गरेको हो । नेपाल भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका  जोडिएका अन्य सातवटा सीमा नाकामा पाँच पाँच जनाको स्वास्थ्य परीक्षण टोली रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एकजना विशेषज्ञ चिकित्सक, एकजना चिकित्सक, एकजना परिचारकिा र अन्य दुईजना सहयोगी आवश्यक उपकरणसहित सो टोलीमा रहका छन् । टोलीले आफ्नो सुरक्षाका लागि टाउकोदेखि खुट्टासम्म सुरक्षित कपडा, मास्क र पञ्जा लगाएका छन् । मन्त्रालयले सन् २००९ मा पनि विमानस्थलसहित अन्य सीमामा स्वाइन फ्लू र बर्ड फ्लू भित्रिन नदिन यसप्रकारको हेल्थ डेस्क स्थापना गरिए पनि नेपालका बिभिन्न क्षेत्रमा स्वाइन फ्लू र बर्ड फ्लू भेटिएको थियो । हेल्थ डेस्कले परीक्षण गर्दा शङ्कास्पद लागेकालाई तत्काल उपचार गर्न मन्त्रालयले वीर र टेकु अस्पताललाई तयारी अवस्थामा राखेको  समेत जनाएको छ । इबोला नामक भायरसले अहिले बिश्व जगतलाई नैं निकै चिन्तित बनाएको छ । यस भाइरसबाट अफ्रिकी मुलुकमा हजारौं ब्यतmीले ज्यान गुमाई सकेका छन । बिश्व स्वास्थ्य संगठन ध्ज्इ ले पनि इबोला भाइरस अहिलेसम्मकै खतरनाक भएकाले सबै देशहरुलाई सजक र सर्तक रहन आव्हान गरिसकेको छ ।