साउन २९ , काठमाडौं– एसिसी यु–१६ प्रिमियरमा नेपालले विजयी शुरूवात गरेको छ । मलेसियाको क्वालालाम्पुरमा आजदेखि शुरू भएको एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । थाइल्याण्डले दिएको ४९ रनको लक्ष्य नेपालले बिना विकेटको क्षतीमा ६.१ ओभरमै जीत हासिल गरेको थियो । नेपालका लागि सुमित महर्जनले २५ र रबि चन्दले १६ रनको यागदान गरेका थिए । थाइल्याण्डले दिएको ४९ रनको लक्षय भेटाउन नेपाली टिमका स्पिनर जितेन्द्र सिंह ठकुरी एक्लैले ६ ओभरमा ३ रनमात्र खर्चेर ५ विकेट लिए । वर्षातका कारण दुर्इ हप्तामात्र प्रशिक्षण लिएर मलेसिया पुगेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य लिएको छ । यसअघि नेपाल दुईपटक उपविजेतामा सीमित भएको नेपाल यसपटक उपाधि लिएर घर फर्किने दाउमा छ । एसियाली क्रिकेट परिषदले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट ६ वटा टोलीबीच पहिलो यो प्रतियोगिताको आयोजना गरेको हो । । प्रतियोगितामा नेपाल , मलेसिया, ओमान, सिङ्गापुर, बहराइन र थाइल्यान्ड सहभागी छन ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।