विजयसुब्बा एमालेमा फर्किने

साउन २९, काठमाडौँ  –  संसघीय समाजवादीका बरिष्ठ उपाध्यक्ष विजयसुब्बा सहितका केही नेता कार्यकताहरु आज एमालेमै फर्किने भएको छन् । सुब्बा संघीय समाजवादीका निवर्तमान उपाध्यक्ष हुन् ।

आज उनीसहित सचिव मीना गुरुङ र केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी पनि एमालेमा नै फर्किने स्रोतले जनाएको  छ । यसैसाता संघीय समाजवादी परित्यागको घोषणा गरेका उनीहरुलाई एमालेले आज केन्द्रिय कमीटि बैठकमा  टीका लगाएर भित्र्याउने तयारी गरेको छ ।

आज एमाले प्रवेश गर्न लागेका नेता कार्यकताहरुलाई उनीहरुले  एमाले छाड्दा जुन पदमा थिए, सोही जिम्मेवारी दिने सहमति भएको पनि एमाले निकट उच्च स्रोतले जनाएको  छ  ।