हलिउड कति समावेशी ?

साउन ३० , काडमाडौँ  – एक अध्ययन अनुसार हलिउड फिल्ममा गोरा जातिभन्दा बाहिरी समुदायको न्यून प्रतिनिधित्व रहेको छ। सन् २०१३ का ब्लकबस्टर हलिउड फिल्ममा डायलगसहित देखिएका हिस्पेनिक समुदायका कलाकारको उपस्थिति जम्मा ४ दशमलव ९ प्रतिशत मात्र छ। जबकि अमेरिकी जनसंख्यामा हिस्पेनिक समुदाय १६ प्रतिशत छ।hollywod fin

त्यस्तै फिल्मका लागि छुट्याइएका भूमिकामा अफ्रिकी मूलको पहुँच जम्मा १४ दशमलव १ प्रतिशत थियो भने १७ प्रतिशत फिल्ममा डायलग बोल्ने अफ्रिकी मूलका कलाकार नै थिएनन्। साउदर्न क्यालिफोर्निया विश्वविद्यालयले सन् २०१३ का सय उत्कृष्ट कमाइ गरेका फिल्मका ४ हजार भूमिकामाथि अध्ययन गरेको थियो।

सन् २०१३ मै रिलिज भएको ट्वेल्भ इयर्स अ स्लेभु फिल्मबाट अस्करको निर्देशन विधामा पहिलोपटक अफ्रिकी मूलका निर्देशकले अवार्ड थापे। दासप्रथासम्बन्धी उक्त फिल्मको निर्देशन स्टिभ म्याक क्विनले गरेका हुन्। निर्देशन विधामा अस्कर अवार्ड जितेका छन्।

अफ्रिकी मूलका निर्देशकको फिल्ममा अफ्रिकी मूलका कलाकार पनि धेरै हुने विश्वविद्यालयको अध्ययनले देखाएको छ। निर्देशनमा विविधता बढे कलाकारमा पनि विविधता बढ्ने सम्भावना छ, रिपोर्टमा भनिएको छ।

हिस्पेनिक समुदायका कलाकारले फिल्ममा थोरै भूमिका पाए पनि अमेरिकाभित्र बिक्री हुने एक चौथाइ टिकट हिस्पेनिक समुदायका दर्शकले नै किन्दै आएको पाइएको छ। अमेरिकी जनसंख्याको संरचना बदलिँदै गए पनि हलिउड फिल्ममा भने अहिले पनि एउटै जातिको दबदबा देखिन्छ।

अमेरिकाका पाँच वर्षमुनिका बालबालिकामध्ये आधा गोरा जातिभन्दा बाहिरी समुदायका छन्, रिपोर्टमा भनिएको छ, अहिले र भविष्यमा अमेरिकी दर्शकको संरचना फिल्ममा देखाइएकोभन्दा निकै विविध हुनेछन्।

त्यस्तै रिपोर्ट अनुसार हलिउड फिल्मका यौनदृश्यमा हिस्पेनिक महिलालाई नै बढी प्रयोग गरिएको पाइन्छ। ३७ प्रतिशतभन्दा बढी हिस्पेनिक महिला पात्रलाई कि त नग्न कि अर्धनग्न अवस्थामा चित्रित गरिएको छ। एजेन्सीको सहयोगमा