ईराकका कुर्दिस समुदायलाई फ्रान्सले हतियार दिने

साउन २९, काठमाडौँ –  फ्रान्सका राष्ट्रपति फ्रान्कोईल हल्याण्डले ईराकका कुर्दिस समुहलाई आफ्नो देशले पनि हतियार प्रदान गर्ने घोषणा गरेका छन् । बग्दादका अधिकारीहरुले हतियार सप्लाई गर्नका लागि आग्रह गरेको स्थानिय संचारमाध्यमले जनाएका छन् ।

कुर्दिस समुदायले ईस्लामिक समुहसंग युद्ध गरिरहेको छ । ईराकमा जारी युद्धका कारण हजारौं नागरिक बिस्थापित भएका छन् ।  अमेरिकाले यस अघिनै कुर्दिसहरुका लागि हतियार दिदै आएको छ भने ईलामिक समुह बिरुद्ध हवाई आक्रमण समेत गरेको छ ।