पुल भाँसिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

साउन २९, धनुषा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जिल्लाको सिमा नदी रातु खोलाको पुल गएराती भासिएको छ । पुल भासिएपछि यातायात पूर्ण रुपले अवरुद्ध भएको छ ।

लगातारको वर्षातका कारण  तीन सय मिटर लामो पुलको ९ पिलर मध्ये एक पिलर भासिएको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ ।

महोत्तरीको बर्दिबासपट्टि पुलको पहिलो पिलर नजिक भासिएको र रातीदेखि नै यातायातमा रोक लगाइएको छ । पुल भासिएपछि राती पौने १२ बजेबाट पूर्व–पश्चिम राजमार्गमा यातायात पूर्ण रुपले बन्द गरिएको छ ।

पुल भासिएपछि यातायात अवरुद्ध भएका कारण पूर्व–पश्चिम राजमार्गमा गुड्ने हजारौं सवारी साधन रातु पुलको दुवैतिर लामबद्ध भएका छन् ।