व्यापारघाटा ६ सय २२ अर्ब पुग्यो

साउन २९, काठमाडौं –  गत आर्थिक वर्ष  २०७० र ०७१ मा मुलुकले कुल व्यापार घाटा १९ प्रशितले वृद्दि भई ६ खर्ब २२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सोही आवको बजेटभन्दा व्यापार घाटा २० प्रतिशत बढी हो ।

गत आवमा पेट्रोलियम पदार्थ, सवारी साधन, फलामजन्य वस्तु, खाद्यान्न, तेल र औषधि आयातमा उच्च वृद्दि भएको छ भने उर्जा अभाव, श्रम समस्या र राजनीतिक अस्थिरताले लगानी सीमित छ । रेमिट्यान्स उच्च वृद्दिले विलासी वस्तुको माग बढेको छ ।

बढी निर्यात हुने तयारी, पोसाक, पस्मिना, गलैंचा र फलामजन्य वस्तु कच्चा पदार्थ विदेशबाटै आयात हुन्छ, यही कारण पनि नेपालको व्यापार घाटा झन् चुलिँदै गएको हो ।

भन्सार विभागका अनुसार गत आवमा ७ खर्ब २२ अर्ब २६ करोड रुपैयाँको आयात भएकोमा ९९ अर्ब ७१ करोडरुपैयाँको मात्र निर्यात भएको छ । गत आवमा आयात १९ प्रशित र निर्यात २९ प्रतिशतले वृद्दि भउके छ । आव ०६७र६८ मा ३ खर्ब ३३ अर्ब, ०६८र६९ मा ४ खर्ब ३३ अर्ब र ०६९र७० मा ५ खर्ब ३३ अर्ब करोड ब्यापार घाटा भएको थियो ।

विभागका उपमहानिर्देशक दामोदर रेग्मीका अनुसार गत वर्षको व्यापार तथ्यांकले नेपालीहरुमा विलासी वस्तु उपभोग संस्कृति बढ्दो रहेको देखाएको छ ।

रेग्मीका अनुसार रेमिट्यान्सले हरेक परिवारको जीवनस्तर वा आम्दानी बढेको छ । देशका ५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रने गरेको छ । गत आवमा ५ लाख २७ हजार युवा वैदेशिक रोजगारीमा गएको खबर कारोबार दैनिकमा छापिएको छ ।