सुनकोशी पहिरो पीडित १२ दिनदेखि कन्टेनरमा

साउन २९, सिन्धुपाल्चोक –   सिन्धुपाल्चोकको राम्चे गाविसस्थित जुरेका पहिरो रोहित पराजुलीले कन्टेनरभित्र रात बिताउनुपर्छ भनेर सोचेका पनि थिएनन् । तर, उनले सपनामा पनि नदेखेको त्यो दिन अहिले भोगिरहेका छन् ।

उनी १२ दिनदेखि कन्टेनरमा दिन(रात बिताइरहेका छन् । रोहित मात्र होइन उनका दाजु रामजी पराजुलीको पनि दिनचर्या कन्टेनरमै बितिरहेको छ । यतिबेला पराजुलीका तीनै दाजुभाइको बासस्थान त्यही कन्टेनरको भ्यान बनेको छ । उनीहरुको भान्सा कोठा कन्टेनरको एक कुनामा छ भने सुत्ने ठाउँ पनि त्यहीँ हो ।

गत साउन १७ मा राम्चेको इटिनी भीर बगेर सुनकोशी नदी थुनिएपछि नजिकै रहेको जुरे बस्ती पुरै डुबानमा परेको छ । यही डुबानको मारमा छन्, पराजुली परिवार । नदी थुनिएपछि जुरेका बासिन्दा कन्टेनर भ्यान चढेर बाह्रबिसे पुगी ज्यान जोगाएको खबर राजधानी दैनिकमा छ ।

धेरै घरबारविहीन बनेका छन् । निर्माण व्यवसायी अजुर्न थापा सोमबार धुस्कुन गाविसबाट सुनकोशीले डुबाएको घर हेरिरहेका थिए ।