४ किलो सुनसहित एक महिला पक्राउ

साउन २७ ,  सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट ४ किलो सुनसहित एक नेपाली महिला पक्राउ परेकी छिन् । तातेपानी भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरीले नियमित चेकजाँचको क्रममा ती महिलाको साथबाट भन्सार कार्यालयको निकासी गेटमा उक्त परिमाणको सुन फेला पारेको हो ।

चीनबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको सुनसहित पक्राउ परेकीे नेपाली महिला दोलखा श्यामा गाविसकी माया शेर्पा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । शेर्पाले ४ बिस्कुट सुन २ वटा तिघ्रामा २२ पिसका दरले टेपले बाँधेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले सुनसहित पक्राउ गरेको ती महिलालाई अनुसन्धानको लागि भन्सार कार्यालयमा राखेको छ ।  गत मंसिरदेखि हालसम्म मात्रै सिन्धुपाल्चोकमा ६३ किल्लो अबैध सुन बरामद भइसकेको छ ।