वहाव सुचारु गर्न सेनाको प्रयास जारी

साउन २७ ,  सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकमा करिब डेढ सय जनाको ज्यान लिएको पहिरोले  सुनकोसी नदी थुनिएर बनेको तालमा पानीको बहाव बढेसँगै सेनाले मंगलबार मात्र ८ पटक विष्फोट गराएको  छ। मंगलबार दिउँसो लिइएको मापन अनुसार उक्त कृतिम तालको पानीको भित्री बहाव २५० क्युसेक रहेको र बाहिरी बहाव ३०५ क्युसेक रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले बताए । यस अघि सोमबार नदी थुनीएर बनेको तालमा  पानीको भित्री बहाव २ सय ६० क्युसेक र वाहिरी वहाव २ सय ७० थियो। हिजो तालबाट प्रतिसेकेन्ड १० घनमिटर पानी बाहिरिएको थियो भने आज बढेर प्रतिसेकेन्ड ५५ घनमिटर पुगेको छ। गत साउन १७ गते गएको पहिरोले अवरुद्ध सुनकोसीको वहावलाई सूचारु गर्न नेपाली सेनाले पटक पटक विष्फोट गर्दै आएको  छ ।
हिजो सेनाले ६ वटा विस्फोट गरेको थियो ।