जनताले चाहेका छन् संघियता ज्ञवाली

साउन २७ ,  मोरङ ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले दोश्रो संबिधानसभाको निर्वाचनबाट जनताले संघियताको स्वरुपको बिषयमा फैसला गरिसकेको बताएका छन् । कृष्णप्रसाद स्मृति प्रतिष्ठानद्वारा  विराटनगरद्धारा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले जनताले जातिय पहिचान सहितको संघियतालाई अस्वीकार गरिसकेको र जनता बहुपहिचान सहितको संघियताको पक्षमा रहेको कुरा अभिमतबाट अगाडि आएको बताएका हुन् ।

उनले दोश्रो संविधानसभाको अभिमतलेपनी जनतालाइ कस्तो खालको संघियताको पंक्षमा छनभन्ने कुरा प्रष्ट भएकाले संघियताको विषयमा धेरै विवाद गर्नु आवश्यक नभएको बताए ।

उनले संबिधान जारी गर्ने बिषयमा तय भएको मिति अब ६ महिना मात्र बांकी रहेकोले सम्पुर्ण शक्ति लगाएर त्यस बिषयमा काम गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् । नेता ज्ञवालीले संविधानका विवादित विषयमा दलहरु सहमतीको नजिक पुगेकाले निर्धारित समयमा संविधान बन्नेमा आफु विश्वस्थ्य रहेको उल्लेख गरे ।