सत्तारुढ दलबाटै सरकारको चर्को आलोचना

साउन २७ , काठमाडौँ –  सरकारका सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेका सभासदहरुले मुलुकमा विभिन्न ठाउँमा भएको बाढी पहिरो पीडितहरुलाई आवश्यक राहत दिन नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । व्यवस्थापिका संसदको बैठकको शुन्य समयमा कांग्रेस र एमालेका सभासदहरुले भई परी आउने समस्यास्यामा सरकार नुन खाएको कुखुरो जस्तो भएका बताएका छन् ।

नेपाली कांग्रेसका सभासद धनराज गुरुङले सिन्धुपाल्चोकका बाढी पीडितका लागि प्रतिपरिवार ४० हजार रुपैयाँ मात्र प्रदान गरेकाले उसले राहत नभई आहात दिएको बताएका छन् । घर परिवार बाटै बिछोडीएको ठुलो पिडामा थोरै रकमले पिडितहरुको आशु नपुच्छने भन्दै गुरुडले सरकारले यसतर्फ ध्यान दिन समेत आग्रह गरेका छन् ।

एमाले सभासद रविन्द्र अधिकारीले पनि बाढी पीडितका लागि दुई चार हजार बताए ।  राहत कम भएर उनीहरु रुदै माग्दै हिडेकाले सरकार मुखदर्शक हुन नहुने अधिकारीको माग थियो ।   एमाओवादीका सभासद अग्नि सापकोटाले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सरकारले नहरेको भन्दै आलोचना गरेका छन् । बैठकमा अधिकांश सभासदले बाढी तथा पहिरो पीडितका लागि सरकारले उचित राहत र पुनःस्थापनामा ध्यान नदिएको भन्दै आलोचना गरेका छन् ।