संसदमा कमल थापाको बवन्डर,नेम्बाङ र थापाबीच चर्काचर्की

साउन २७,काठमाडौं– व्यवस्थापिका संसदको आजको बैठकमा सभासद कमल थापाले बवन्डर मच्चाएका छन । राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले आफुलाई सभामुखले धेरै समय बोल्न नदिएको भन्दै बवन्डर मच्चाएका हुन । स्थानीय निकायको चुनाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न लागेका बेला लामो समय लिएर थापाले बोलिरहंदा सभामुख सुभाश नेम्वाङले थापाको को माइक काटिदिएपछि नेम्वाङ र थापाबिच चर्काचर्की समेत भएको थियो । सभाुमख नेम्बाङ र सभासद थापाबीच चर्काचर्की भएपछि संसद बैठक केहीबेर अवरुद्ध भएको थियो ।  । बोल्नका लागि थापालाई १० मिनेटको समय दिईएको भएपनि १२ मिनेट हुदांसम्म पनि उनको बोल्नेक्रम नरोकिउपछि बाध्यभई सभामुखले थापाको माइक काटेका थियो । सभामुख सुभास नेम्वाङले माइकको लाइन काटेपछि राप्रपा नेपालका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि संसद बैठक केहीबेर अबरुद्ध भएको थियो ।  थापाले पर्याप्त बोल्ने समय नदिएर सभामुख निरङ्कुस बनेको आरोप समेत लगाएका छन । आवेगमा आएर आफुले संसदमा गरेको बवनडरप्रति थापाले संसमाफी मागेपछि संसद बैठक पुनह सुचारु भएको थियो ।