नेपाली टोली मलेसिया प्रस्थान

साउन २७, काठमाडौ –  यही श्रावण २९ गतेदेखि सुरु हुने एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । आज मलेसिया प्रस्थान गरेको टोलीलाई हिजो एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिदाइ गरेका हुन् । टोली आज सबा १२ बजे मेसियातर्फ प्रस्थान गरेको  क्यानले जनाएको छ ।

प्रतियोगितामा एसियाका टेष्ट नखेल्ने ६ राष्ट्र सहभागी छन । प्रतियोगितामा नेपालसहित मलेसिया, बहराइन, ओमन, थाइल्याण्ड र सिंगापुरले राउन्ड रबिन लिगको आधारमा खेल्नेछन । प्रतियोगिताको पहिलो खेलमा नेपालले आगामी विहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सुमित महर्जनको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीकोे मुख्य प्रशिक्षकमा बसन्त शाही र सहायक प्रशिक्षकमा राजु बस्न्यात हुनुहुन्छ । प्रतियोगितामा उत्कृट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको खेलाडी तथा प्रशिक्षकले बताएका छन ।