गुण्डा नाईके चरीका आफन्तको उजुरी दर्ता गरिएन

साउन २७ , काठमाडौं – गुण्डा नाइके भनेर चिनिने दिनेश अधिकारी ‘चरी’ को हत्या भएको भन्दै प्रहरीमा उजुरि  दिन गएका उनका आफन्तको उजुरी प्रहरीले दर्ता गरेन । मुठभेडमा मारिएको भनइ चरीको हत्या नैं भएको भन्दै उनका आफन्त आज  उजुरी दिन जिल्ला प्रहरी कार्यालय हनुमान ढोका पुगेका थिए । ‘भाइको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै उजुरी दर्ता गराउन हनुमान ढोका पुगेको भएपनि प्रहरीले उजुरि दर्ता नगरेको चरीका दाजु धु्रब अधिकारीले संचारकर्मी माझ दुखेसो पोखेका छन ।

‘चरीका आफन्त उनको हत्यामा अपर्ण कोइराला, इन्स्पेक्टर कुमोद ढुंगेल र डीएपी मीरा चौधरी संलग्न रहेको भन्दै उनीविरुद्ध किटाणी जाहेरी दिन हनुमान ढोका पुगेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले चरी हत्या बारे प्रहरीले एउटा फाइल पहिलै जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएकाले एकै विषयमा दुई मुद्दा चल्न नसक्ने भन्दै चरीकोृ आफन्तले दिएको उजुरी दर्ता नभएको बताए। प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि अधिकारी परिवारले अदालत जाने बताएका छन ।

चरीलाई गत बुधबार काठमाडौंको भीमढुंगा भन्ने स्थानमा प्रहरीसंगको मुडभेडमा मारिएको प्रहरीको दाबी छ । यस बिषयमा गृहमन्त्रि बामदेव गौतमले संसद सामु चरीको मृत्यु प्रहरीको ईनकाउन्टरमै भएको भन्दै सरकारी भनाई सार्बजनिक लगरि सकेका छन । यद्यपी एमालेका केही सांसदहरुले भने चरीको हत्या नै भएको भन्दै छानबिनको माग गर्दै आएका छन । हिजो मात्रै उनिहरुले एक पत्रकार सम्मेलनको आयोजना गरि चरीको मृत्युबारे छानबिन नगरिए संसद समेत अबरुद्ध गर्ने चेतावनी दिइसकेका छन ।