राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता

साउन २७, काठमाडौं –  प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति डाक्टर रामवरण यादवबिच भेटवार्ता भएको  छ । सोमबारराति  शितल निवासमा भएको भेटमा  संविधान निर्माण प्रकृया, सरकारको कामकारबाही, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमण जस्ता विषयमा केन्द्रित रहेको राष्टपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिए । दाहालका अनुसार   मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु बीच करिब १ घण्टा वार्तालाप भएको थियो ।