जनसमिति बनाउँदै नेकपा – माओवादी

साउन २७, काठमाडौं – नेकपा माओवादीले आन्तरिक पार्टी कमिटीका रुपमा संयुक्त जनसमिति निमार्ण गर्दै आन्दोलन प्रभावकारी बनाउने भएको छ । पार्टी पदाधिकारीको नेतृत्वमा जातिय क्षेत्रीय मोर्चा, विभिन्न जनवर्गीय संगठन समेटेर उसले जनसमिति गठन गर्न थालेको हो ।

केन्द्रदेखि स्थानीय तहसम्मै जनसमिति निमार्ण गरी प्रभावकारी परिचालन नीति अवलम्बन गर्ने तयारी नेकपा- माओवादीले गरेको हो । यसका लागि उसले मातहतका पार्टी कमिटीलाई निर्देशन समेत दिएको छ । संविधानसभा प्रक्रियाबाट अलग रहेको उसले अग्रगामी संविधान निमार्णा लागि सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्ने माग राख्दै आएको छ ।

अहिले उसले आफू नेतृत्वमा ३३ दलीय मोर्चालाई साझा एजेण्डामा सहमत गराउँदै संयुक्त आन्दोलन गर्दै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।