दूधमा मन्द विष

साउन २७, काठमाडौं –  लगनखेलको एक एग्रोभेट स्टोरमा पुगेर विश्वास दिलाएपछि संचालकले ५ सय ५० रुपैयाँमा ५० थान अक्सिटोसिन हर्मोन, एउटा सिरिन्ज र १० वटा सुई थमाए ।

गाईभैसीको दूध बढ्ने विश्वाससहित चाहिएका बेला पर्गान उक्त औषधि प्रयोग हुँदै आएको छ । उसको वास्तविक प्रयोग गर्भवती महिलालाई बेथा लगाउन र बच्चा जन्माइसकेपछि अधिक रक्तस्राव रोक्नका लागि हो । स्वास्थ्थलाई हानी पुर्याउने भएकाले डाक्टरको सिफारिसमा बेच्न पाइँदैन् ।

यही औषधि गाईभैसीमा प्रयोग गर्दा थुनको मासंपेशीमा कृक्रिम उत्तेजना पैदा भइ तत्काल दूध निक्लिन्छ । दुरुपयोगको आधार यही प्रभाव हो ।

अक्सिटोसिन शरीरमै उत्पादन हुने एक प्रकारको हर्मोन हो । चिकित्सहरुको भनाइमा यसको कृतिम प्रयोगले हर्मोन असन्तुलन, मस्तिष्कमा रक्तस्राव, रगतमा ढिक्का जम्मा भइ नसा फुटेर मृत्यु हुनेसम्मका घातक परिणाम आउन सक्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।