एमाओवादीले कारबाही फिर्ता लिने

साउन २५, काठमाडौँ   –  एकीकृत नेकपा माओवादीले ‘पार्टीभित्र देखिएका सबैखाले विवाद हल गर्ने बताएको  छ । यही साउन १९ गते स्थायी समितिले टो बहादुर रायमाझी, देवेन्द्र पौडेल लगायत केही नेतामाथि गरेको कारबाही पनि फिर्ता लिने सहमति भएको उपाध्यक्ष पाृष्ट बहादुर बोगटीले जानकारी दिए । विभिन्न जिल्लामा गठन भएका समानान्तर जिल्ला समिति तत्काल विघटन गरी नयाँ जिल्ला समिति गठन गर्ने भएको छ ।  सो पार्टीको वैचारिक विवाद समाधान समितिको आज वरिष्ठ नेता डा बाबुराम भट्टराईको निवास सानेपामा बसेको बैठकले समानान्तर जिल्ला समितिले पार्टी नेता तथा कार्यकर्तामा अन्योलको स्थिति पैदा भएको भन्दै सो कार्य रोक्ने निर्णय गरेको हो ।   बैठकले वैचारिक तथा साङ्गठनिक समस्या सुल्झाउन दुवै पक्षले आफ्ना गतिविधि तत्काल रोक्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजान मार्ग प्रशस्त गर्ने निष्कर्ष निकालेको छ ।  नेता डा भट्टराई पक्षले पार्टीभित्रको बहस व्यक्तिगत तथा पदीय भागबन्डाको निम्ति नभई विचार र साङ्गठनिक रूपान्तरणका लागि भएको भन्दै विवाद बल्झाउने पक्षमा आफू नरहेको धारणा राख्नुभएको अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।