साउन २५, काठमाडौँ – एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै समयमा संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । दार्चुलाको गोकुलेश्वरमा आज सम्पन्न दार्चुला–बैतडीको संयुक्त पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । संविधान निर्माण आफ्नो पार्टीको प्रमुख एजेन्टा भएकाले समयै जनमूखि संविधान जारी गर्न आफुहरु प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले पार्टी एक ढिक्का भएर अघि बढेको उहाँको भनाइ छ । यसैगरी केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदीले विदेशीहरुले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभयो । विदेशीको षड्यन्त्रले एमाओवादीलाइ कुनै असर नपर्ने बताए । कार्यकर्तालाइ सम्बोधन गर्दै उपसभामूख ओमसरी घर्तिमगरले अन्य राजनीतिक दलहरुको भन्दा एमाओवादीसंग बढि एजेन्टा भएका र संविधानसभा पनि एमाओवादीकै प्रमुख एजेन्टा भएकाले समयमै संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरीन् । यसैबीच विगत लामो समयदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर एयरपोर्ट सञ्चालन लगायतका मागहरु राख्दै गोकुलेश्वर बहुमूखि क्याम्पसले आज एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनलाइ अनुरोध पत्र बुझाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।