विमल घर्तीले गरे एण्डरलेक्टका लागी अर्को गोल

साउन २५, काठमाडौँ –  एक महिना अघि मात्रै  बेल्जियमको क्लब एण्डरलेक्टमा अनुबन्ध भएका युवा खेलाडी विमल घर्तीमगरको गोलको सहयोगमा जीत निकालेको  छ  ।

नेदरल्याण्डमा जारी अन्तराष्ट्रिय यू १९ कोपा डेल अगाथा फुटबलमा एण्डरलेक्टले विमलको गोलको मदतमा गाइनोडविरुद्ध २ ० को जित निकालेको हो । एफसी कोपनहेगनविरुद्ध खेलमा गोल गर्दै विमल आज भएको खेलसँगै फेरी एक पटक चर्चामा आएका छन् ।

एण्डरलेक्टको जितमा विमलसँगै विड फिसले गोल गरेका छन् । कोपा डेल अगाथामा विमलको यो दोस्रो गोल हो । यसअघि उनले एफसी कोपनहेगनविरुद्ध गोल गरेका थिए ।