विमान दुर्घटनामा ४८ को मृत्यु

साउन २५, काठमाडौँ  –  इरानमा विमान दुर्घटना हुादा  ४८ जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै बिमान दुर्घटनाग्रस्त भएको हो। विमान दुर्घटना भई मानव बस्तीमा खसेको थियो ।

बिमान धेरै पुरानो भएकाले मर्मत नगर्दा दुर्घटना भएको अन्तराष्टिय संचार संस्थाले जनाएका छन् । तबन एयरलाइन्सको सो विमान मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार पौने १० बजे उडेको केही समयमा नै दुर्घटना भएको बिबिसीले जनाएको छ।