टेष्ट क्रिकेटमा ईंगल्याण्ड ५४ रनले बिजयी

साउन २५, काठमाडौँ –  भारत बिरुद्धकोे चौथो टेष्ट क्रिकेटमा ईंगल्याण्ड बिजयी भएको छ । म्यान्चेष्टरमा भएको खेलमा भारत ५४ रनले पराजित भएको हो ।  ईंगल्याण्डले दिएको ३ सय ६७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको भारत १ सय ६१ रनमै अल आउट भयो । म्याचमा तेस्रो दिन ६ विकेटको क्षतिमा २ सय ३७ रनबाट खेल्नु सुरु गरेको ईंगल्याण्डले ३ सय ६७ रन बनाएको थियो । जवाफमा भारतले १ सय ६१ रन मात्र बनाउन सक्यो । भारतका लागि रबिचन्द्र आश्विनले सर्वाधिक ४६ रन बनाउनुभएको थियो । ईंगल्याण्डका लागि मोईन अलीले सर्वाधिक ४ विकेट लिनुभयो । पाचँ श्रृंखलाको टेष्ट क्रिकेटमा ईंगल्याण्डले दुई भारतले एक म्याच जितेको छ भने एक म्याच बराबरीमा सकिएको थियो । पाचौं तथा अन्तिम टेष्ट  ईंगल्याण्डको केनिगंटन ओभलमा अगष्ट १५ देखि सुरु हुनेछ ।