साउन २५, पोखरा – नेवा खल कास्की र भीमसेन टोल सुधार समिति पोखराको आयोजनामा यही साउन ३० र ३१ गते गाईजात्रा महोत्सव तथा तायःमचाः नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । कार्यक्रमको पहिलो दिन विविध सांस्कृतिक कार्यक्रम र दोस्रो दिन तायाःमचाः नृत्य प्रतियोगिताको आयोजना हुनेछ । महोत्सवमा फुड फेस्टिबल, नेवारी संस्कृति झल्कने नृत्य, बाँसुरीबादन, लाखे नाच, घोडा नाच तथा युवालाई आकर्षित गर्न पोखरेली ब्यान्ड डिमर्चा, मौलिक धुन प्रस्तुत तथा लक्ष्य ब्यान्ड, स्क्याच ब्यान्डको प्रस्तुत गरिनेछ । नेवाः संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । प्रतियोगितामा २४ टोलीको सहभागिता हुने र प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार र तृतीय हुनेलाई रु पाँच हजार तथा सान्त्वना हुने दुई टोलीलाई जनही रु दुई हजार ५०० वितरण गरिनेछ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी