अमेरिकाद्धारा उत्तरी ईराकमा फेरी हवाई हमला

साउन २५, काठमाडौँ -अमेरिकाले उत्तरी ईराकमा फेरी चारवटा हवाई हमला गरेको छ । उत्तरी ईराकका नागरिकहरु असुरक्षित रहेको भन्दै अमेरिकाले हवाई आक्रमण जारी राखेको छ । आक्रमणबाट ठुलो सुंख्यामा रहेका मुस्लिम चरमपन्थी विद्रोही हताहत भएको अमेरिकी सेनाले जानकारी दिएको छ । सेनाले बिद्रोही चढेको ट्रक र बन्दोबस्तीका सामग्री राखिएका घरहरुलाई निशना बनाएको थियो ।  अमेरिकाले आक्रमण चर्काएपछि सो क्षेत्रका स्थानीयहरुले असुरक्षाका कारण घर छाडेका छन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो तेस्रो चरण्को कारवाही भएको भन्दै बिद्रोहीले नियन्त्रणमा लिएको ईलाका पुनः फिर्ता गर्न केही समय लाग्ने उल्लेख गरेका छन् । उनले ईराकको समस्या समाधानका लागि सबैलाई सामेल गरेर समावेशी सरकार बनाउन आवश्ययक रहेको औल्याउनुभएको छ ।