पुर्वी नेपालको यातायात आज पनि ठप्प

साउन २५, काठमाडौँ –  यातायात व्यवसायीको विवादका कारण पुर्वी नेपालको यातायात सेवा आज पनि ठप्प भएको छ । पाँच दिनदेखि यतायात बन्द हुँदा मेची र कोशीको जनजीवन कष्ठकर भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय माहासंघ अञ्चल समिति झापा र कोसी अञ्चल यातायात व्यवसायी संघले मेची र कोशीमा अनिश्चितकालीन बन्दको आवाहान गरेका हुन् ।

व्यवसायीहरुको सहमति विना झापाको काँकडभिट्टाबाट उज्यालो यातायात सञ्चालन गरेको विरोधमा बन्दको आवाहान गरेको व्यवसायीले बताएका छन् । यातायात ठप्प पारीएपछि यात्रुहरु गन्तव्यमा पुग्न चर्को शुल्क बुझाएर निजि सवारी साधन चढ्न बाध्य भएका छन् ।

उज्यालोले कानुनी प्रकृया पुरा गरेर सेवा थालेपनि अन्य यातायात व्यवसायीले नियम विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।