उप–समितिद्धारा शसत्र समुहसँग वार्ता जारी

साउन २५, काठमाडौँ – संबिधानसभा अन्र्तगतको संबैधानीक राजनीतिक सम्बाद तथा सहमती समिति अन्र्तगतको प्रारंभिक वार्ता उप–समितिले तराईका समुहसँग आजबाट वार्ता शुरु गरेको  छ । हिजो गर्ने भनिएको वार्ता तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थिगित भएपछि अहिले दुइ पक्ष बिच वार्ता जारी छ ।

जनकपुरमा जारी  वार्तामा मधेस भाइरस किलर, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, तराई संयुक्त गणतान्त्रिक पार्टी, तराई कोभ्रा, जयकृष्ण गोइत समुह, नागेन्द्र पास्वान ज्वाला समुह, गणतान्त्रिक तराई मुक्ति मोर्चा, तराई मुक्ति मोर्चा र पृथ्बी समुह सहभागि भएका छन् ।

काग्रेस सभासद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वको उपसमितिले संबिधान निमार्णमा सबैको धारणा समेट्ने उद्येश्यले यस्ता समुहसँग वार्ता गर्न लागेको जनाएको छ ।

वार्तामा सहभागि भएका समुह मध्ये पाँच वटा समुह यसअघिको वार्तामा पनि सहभागि थिए, भने चार वटा समुह नया हुन् । यसअघि पुर्वी पहाडमा क्रियासिल विभिन्न सातवटा समुहसँग उपसमितिले उपलब्धिमुलक वार्ता गरिसकेको छ ।