साउन २५, काठमाडौँ – जनैपूर्णिमाको अवसरमा आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपा –११, बुडोल नजिकै रहेको गोसाँइस्थान, धनेश्वर, लड्केश्वर, पनौतीको त्रिवेणीघाट लगायतका शिवमन्दिरहरुमा रक्षाबन्धन बध्ने हिन्दु धर्मावलम्बीहरुको विहानैदेखि घुइँचो लागिरहेको छ । त्यस्तै तिमाल क्षेत्रको पोखरी नारायणस्थान गाविसमा रहेको स्वयम्भु र बौद्धनाथको चैत्यमा काभ्रेका तामाङ समुदायले जनैपूर्णिमा मनाइरहेका छन् । चैत्यको दर्शन र पितृहरुको सम्झनामा बत्ती बाल्न पुग्ने भक्तजनहरुको बिहानैदेखि घुईचो लागिरहेको छ । यसैबीच सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने भोताङ गाविसको वडा नम्बर–१ मा रहेको पाँचपोखरीमा एकादशीदेखि शुरु भएको मेला आज सकिदैछ । मेलामा छिमेकी गाविसका साथै विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु पाँचपोखरीको पानीले स्नान गर्न, धामीझाँक्रीहरु ढ्याङग्रो ठटाउँदै मेला भर्न जाने क्रम एकादशीदेखि चलिरहेको छ । आजको दिन सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्डले चिनिने पाँचपोखरीमा रहेको शिव मन्दिरको दर्शन गर्ने, रक्षाबन्धन बाध्ने, जनैफेर्ने प्रचलन रहदै आएकोे छ । पाँचखोरीको पानीले स्नान गरे पाप पखालिने, पितृको स्वर्गमा बास हुने, खटिरा जस्ता चर्मा रोक निको हुनुका साथै मनले चिताएको पुरा हुने धार्मिक विश्वास रहदै आएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक