एमाले मन्त्रीको गुनासो

साउन  २५, काठमाडौँ –  आफूले पाएका मन्त्रालयमा पनि कांग्रेसका तर्फबाट हस्तक्षेप भएको र काममा अवरोध भएको एमाले मन्त्रीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गुनासो गरेका छन्। मन्त्रीहरूलाई ओलीले आफ्नो निवासमै बोलाएर सरकारमा बसेका एमाले मन्त्रीहरूलाई सरकारमा बसेर गरेका काम र अवरोधबारे शनिबार ब्रिफिङ लिएका थिए।

ओलीलाई शनिबार भेटेका मन्त्रीले आफूले पाएका मन्त्रालयमा प्रभावकारी काम गर्न पार्टीको तहबाट कांग्रेससँग निर्णायक छलफल गर्नुपर्ने र गठबन्धन संस्कृतिअनुसार चल्न तथा काममा ढिला सुस्ती नगर्न प्रधानमन्त्रीलाई सम्झाउनुपर्ने सुझाव दिएका थिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग मन्त्री कर्णबहादुर थापा, स्वास्थ्य मन्त्री खगराज अधिकारी परारष्ट्र मन्त्री महेन्द्र पाण्डे, भूमिसुधार मन्त्री दलबहादुर रानाले छुट्टाछुट्टै ओलीलाई भेटेका थिए।