प्रसाद खाँदा ४५ जना विरामी

साउन  २५, सिन्धुपाल्चोक – नयाँ घर निर्माण गरी घरपूजा गरिएको ठाउँमा प्रसाद खाने मकवानपुरको बसामाडीका ४५ जना बिरामी परेका छन्। साउन महिनामा रुद्री पाठसँगै गरिएको घरपूजाको प्रसाद खाएका आफन्त बिरामी परेपछि बसामाडी गाविस ५ का चक्रबहादुर महर्जन चिन्तित भएका छन्।

नेपाल रेडक्रस सोसाईटी मकवानपुरको एम्बुलेन्स चालक महर्जनले शुक्रबार बसामाडीमा घरपूजा गरी आफन्तलाई खुशियाली बाँड्न तथा प्रसाद खानका लागि निम्ता दिएका थिए। आजको अन्नपूर्णमा खबर छापिएको छ।

सेल, पुरी, तरकारी, अचार, खिर आदि बनाएर छिमेकी आफन्तको स्वागत सत्कार गरेका महर्जन शनिबार आफैं बिरामी परेका छन्। महर्जनको घरपूजामा सहभागि हुन चितवन, बज्रबाराही, मकवानपुरगढीदेखि आफन्तजन आएका थिए।

ुपूजामा अचार खाने जति सबै बिरामी परे, महर्जनले भने। महर्जनले हेटौंडा बसपार्कबाट काँक्रो किनेर लगेका थिए। त्यही काँक्रो र आलुको अचार बनाइएको थियो। अचार नखाएका कोही पनि बिरामी नभएको स्थानीले बताए।

शुक्रबार अपरान्ह ४ बजेतिर पूजा सकिएपछि प्रसाद खाएका मानिसहरु राति १२ बजेदेखि पेट दुख्‍ने, वाकवाक गर्ने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएको बिरामीहरुले बताएका छन्। राति नै एम्बुलेन्स बोलाएर हेटौंडा अस्पताल भर्ना भएका बिरामीहरु केही निको भएर घर फर्किएका छन् भने केही अस्पतालमा उपचार गराइरहेका छन्।

६ जना बिरामीलाई अस्पतालमा भर्ना गरिएको डा। बसिम राईले बताए। बिरामीलाई व्याक्टेरियल टक्सिनको अनुमान गरेर औषधि चलाएको डा। राईले बताए।

व्याक्टेरियल टक्सिन खानेकुरा खाएको ६ घन्टादेखि असर देखाउछ, डा।राईले भने अझैसम्म बिरामी आइरहेका छन्। एम्बुलेन्स चालक महर्जनका तीन जना एम्बुलेन्स चालक साथी नै बिरामी परेर अस्पतालमा उपचार गराइरहेको महर्जनका मामा डबल महर्जनले बताए।