नायक श्रीकृष्ण श्रेष्ठको निधन

साउन २५, काठमाडौं  – नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ। डेढ महिना अघि स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको निर्देशक आकाश अधिकारीले जनाएका छन्। ७ बर्ष देखि सँगै रहदैआएकी नायीका पे्रमीका स्वेता खड्का सँग विबाह भए लगत्तै  श्रेष्ठ उपचारका लागी श्रीमती सहित दिल्ली गएका थिए ।   गएराति आफूलाई श्रेष्ठको निधन भएको खबर आएको आकाशले जनाएका छन् ।

डीप निमोनियाले सताएपछि नायक श्रेष्ठको दिल्लीको एपोलो अस्पतालमा उपचार भैरहेको थियो । बिहे गरेलगतै नायक श्रीप्कृष्ण श्रेष्ठ उपचारका लागि दिल्ली पुगेका थिए । परिवारका सदस्यसहित निर्देशक आकाश अधिकारी पनि दिल्ली जाने तयारी गरेका छन् । २०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीकृष्णले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए।

४७ वर्षे नायकका दर्जनौ हिट फिल्म दिएका श्रीले आफ्नै लागनीमा बनाएको कोहिनूर फिल्म गत शुक्रबार देखि प्रदर्शरत छ। श्रीकृष्णले भारतको एपोलो अस्पतालबाट नेपाली दर्शक श्रोताका लागी एउटा अडियो सन्देश पठाएका छन् । सन्देशमा उनले सुख दुख जीन्दगीका दुइ पाटा भएकाले आफू भए पनि नभएपनि चलचित्र कोहीनुर हेरिदिन आग्रह गरेका छन् ।