पथ प्रदर्शक आरोही शेर्पाको विमा रकम ५० प्रतिशतले बढ्यो

साउन  २५, काठमाडौँ –   सरकारले १६ जना हिमाल आरोही शेर्पाको ज्यान जाने गरी सगरमाथामा भएको दुर्घटनापछि जोखिम बढेको भन्दै हिमाल आरोहणमा सहयोगीको भुमिका खेल्दै आएका शेर्पाहरुको विमा रकममा वृद्धी गरेको छ ।

गत एप्रिल महिनामा सगरमाथा आधारशिविरमा भएको दुर्घटनामा १६ जना नेपाली पथ प्रर्दर्शक शेर्पा मारिएका थिए । यो नेपालको इतिहासमै सबैभन्दा ठूलो हिम दुर्घटना थियो ।

सो दुर्घटनापछि हिमाल आरोहीको सुरक्षाका विषयमा बहस शुरु भएको थियो । पर्यटन मन्त्रालयले पथप्रदर्शक हिमाल आरोहीहरुको विमा रकम १० हजार डलरबाट १५ हजार डलर पुर्याएको छ ।

सगरमाथा दुर्घटनापछि शेर्पाहरुले आफूहरुको सेवा सुविधा बढाउन र सुरक्षाका उपाय ब्यवस्था गर्नु पर्ने माग शेर्पाहरुले गर्दै आएका थिए ।