कार्यकता पढाउन कोर्स तयार पार्दै कम्युनिस्टहरु

साउन  २५, काठमाडौँ – सामान्यतयाः कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भनेका वाकपटुता भएका, वैचारिक रुपमा अब्बल मानिएका हुन्छन् भन्ने मान्यता छ । कम्युनिस्टहरु अन्य बुर्जुवा पार्टीका नेता कार्यकतौभन्दा बढी अध्ययनशील हुन्छन् भन्ने मान्यता पनि छ ।  तर, पछिल्लो दिनमा व्यवहारमा भने कम्युनिस्ट नेता कार्यकताले  अध्ययन गर्ने बानी छाडेका छन् ।

जसका कारण पार्टीभित्र गैरसर्वहारा चिन्तन हाबी हुन थालेको नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरुले स्वीकार गनृ थालेका छन् । त्यसलाई तोड्न उनीहरुले प्राथमिकताका साथ पार्टि शिक्षालाई जोडसमेत दिन थालेका छन् ।

प्रमुख कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, एमाओवादी र नेकपा माओवादीले अहिले छुट्टाछुट्टै पाठ्यक्रम नै तयार पारी कार्यकर्ता प्रशिक्षणलाई जोड दिन थालेका छन् ।

नेकपा एमालेले केही वर्षअघि नै पार्टि शिक्षाको पाठ्यक्रम निर्धारण गरेको थियो भने एमाओवादीले स्कुलिड विभागबाट तयार पारेको पाठ्यक्रम अनुमोदनका लागि केन्द्रीय कार्यालयमा केही समयअघि मात्रै पठाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।