तोकिएको समयमा संविधान– अध्यक्ष नेम्बाङ

साउन २४, काठमाडौँ –  संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङले तोकिएको समयमा संविधान बन्ने निश्चित भएको बताएका छन् । झापाको धुलाबारी स्थित धुलाबारी उच्चमाध्यमिक विद्यालयको निरीक्षणमा आएका अध्यक्ष नेम्बाङले पहिलो संविधानसभाले गरेका सबै कामको स्वामित्व ग्रहण गरिसकेको र बाँकी विषयमा पनि छलफल भइरहेकाले माघ ८ गते नेपाली जनताले नयाँ संविधान पाउने दाबी गरेका छन् ।

उनले महाधिवेशन सकियो, भ्रमण सकियो, अब कुनै बहाना दलसँग बाँकी नभएकाले निर्धारित समयमानै संविधान आउने ठोकुवा समेत गरे । अध्यक्ष नेम्बाङले धुलाबारी उमाविलाई शान्ति मन्त्रालयको स्रोतबाट सहयोग दिलाउने आश्वासन दिएको प्रधानाध्यापक रुद्र कुरुम्बाङले जानकारी दिए ।